सर्लाही–पुर्व सांसद तथा पार्टी नेता डाक्टर अमरेश सिंहलाई नेपाली कांग्रेसले चुनावको मुखैमा पार्टीनिकाला गरेको छ ।
आइतबार कांग्रेस अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले विज्ञप्ति जारी गर्दै पुर्व सांसद सिंहलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । पुर्व सांसद सिंह सहित नेपाली कांग्रेसले ७४ नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको सोही विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसपार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको गठवन्धन उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको विज्ञप्तिमा उल्लेख छ ।
बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीसमेत अभिलेखबाट हटाइने विज्ञप्तिमा भनिएको छ । पुर्व सांसद सिंहलाई पार्टी जिल्ला कमिटिले नाम सिफरिसमौ रोकेको थियो । अन्तिम सम्म पार्टीेबाट आफुलाई टिकट दिने दावा गरेका उन्ले टिकट नदिएपछि बागी उमेद्वारी दिएका थिए ।
पुर्व सांसद डाक्टर सिंह २०७४ को चुनावमा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । यस पटक फेरी कांग्रेसबाट उमेद्वार बन्ने उनको दावी पार्टीले नागेन्द्र राय यादवलाई टिकट थमाए पछि तुहिएको थियो । डाक्टर सिंह आशन्न प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।