Monday, October 7, 2024

नेकपा बहुमतका जिल्ला इन्चार्ज सहित ४ नेता हरिवनबाट पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का जिल्ला इन्चार्जसहित ४ जना नेतालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

शुक्रवार दिउसो प्रहरीले हरिवनबाट विप्लव समूहबाट छुट्टिएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत)का ४ जना नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज बिचारमान थिङ (निर्माण), पार्टी निकट राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय उपाध्यक्ष अविनाश कुँवर, रहेका प्रहरीले जनाएको छ ।

उनीहरु सगँै अखिल क्रान्तिकारीका सचिवालय सदस्य एवं मधेश प्रदेश संयोजक उपेन्द्र परियार र सर्लाही जिल्ला सचिवालय सदस्य भरत पुलामी समेत पक्राउ परेका जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

आशन्न प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन बिरुद्ध उनीहरुको गतिविधि शंकास्पद देखिए पछि सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी यादवले पुष्टी गरे । पार्टीले मंसिर ४ को निर्वाचन बहिष्कारको निर्णय गरेको छ । भने, विभिन्न स्थानमा निर्वाचन विरुद्धका पर्चा पम्प्लेटीङ, भित्ते लेखन लगाएतका गतिविधि गरिरहेको छ ।

सर्लाही प्रहरीले आइतवारको मतदानलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त पार्दै चुनाव विरुद्धको गतिविधि विरुद्ध सुक्ष्म निगरानी राखिरहेको जनाएको छ । भने, सुरक्षा चेकजाचँ समते ब्यापक बनाईएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles