Wednesday, February 21, 2024

दुई क्वीटल बढी गाँजा सहित ट्रक सशस्त्र प्रहरी नियन्त्रणमा

ताजा / भरखरै प्राप्त

मलंगवा-सशस्त्र प्रहरी बल सर्लाहीले अबैध लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिएकाे छ ।

बुधवार साझ मलंगवा नगरपालिका-११, गमहरिया स्थित एक पेट्राेल पम्प नजिकै पार्किङ गरेर राखेकाे अवस्थामा लागु औषध सहित बागमती प्रदेश ३-०१-००६ ख १७०४ नम्बरकाे ट्रक निर्वाचनका नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी १० नम्बर गणका गणपती एसपी भरत खनियाले जानकारी दिए ।

सुराकिका आधारमा मिनरल वाटरकाे काटुनले छाेपेर तस्करी हुँदै गरेकाे अवस्थामा बाेरामा प्याक गरेकाे २ सय १० किलाे ग्राम अर्थात २ क्वीनटल १० किलाे गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ । बरामद गाँजा र ट्रक समेत नियन्त्रणमा लिएर आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीकाे जिम्मा लगाईएकाे एसपी खनियाले बताए ।

पछिल्लाे समय चुनावी सुरक्षामा प्रहरी प्रशासन लागेकाे माैका छाेपेर लागु औषध तस्कर सल्बलाएका अनुमान गरिएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles