बागमती–सर्लाहीको बागमती नगरपालिका राजघाटमा सम्पन्न प्रदेश स्तरीय चौथो राजघाट कप फुटबल प्रतियोगिताको उपाधि मूर्तिया युवा क्लब मूर्तियाले चुमेको छ ।
सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक समाजसेवा युवा क्लब राजघाट बिरुद्ध ५–१ गोलको फराकिलो जित निकाल्दै मूर्तिया विजयी भएको हो । प्रतियोगिताको विजेता बन्दै मुर्तिया यूवा क्लव मुर्तियाले उपाधीसँगै एक लाख एक हजार एक १५१ रुपैयाँ नगद हात पा¥यो । भने, उपबिजेता बनेको आयोजक राजघाटले ५१ हजार १५१ रुपैयाँमै चित्त बुझायो ।
मुर्तियाका खेलाडिले खेलको पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल गरेका थिए । टिमका लागि प्रदिप लामाले ब्यक्तिगत दुई र राकेश चौकरी, विली पहरी, कृपा चौधरीले एक÷एक गोल गरेका थिए । भने, आयोजक समाजसेवा यूवा क्लवको तर्फबाट खेलको दोस्रो हाफमा सान्तोना स्वरुप विमल घिसिङले एक गोल फर्काएका थिए ।
यस्तै प्रतियोगिताको सर्वाधिक गोल कर्ताको उपाधि समाजसेवाका विमल घिसिङले पाए । उत्कृष्ठ डिफेण्डर समाजसेवाका अविषेक वाईबा, उत्कृष्ठ मिडफिल्डर समाजसेवाका अबी लामा बने । उत्कृष्ठ किप्पर मुर्तियाका अरुण भोलन र उत्कृष्ठ प्लेअर तथा स्टाईकरको उपाधि मुर्तियाका प्रदिप लामाले प्राप्त गरे । प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई आयोजक क्लबका अध्यक्ष कृष्णबहादुर वाईबाको अध्यक्षतामा पुरस्कार वितरण गरिएको थियो ।
संविधान सभा सदस्य एवं सत्ता गठबन्धनको तर्फबाट क्षेत्र नं. ३ बाट माओवादी केन्द्रका उम्मेदवार नरेन्द्रप्रसाद साह, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिलाकुमारी मोक्तान र क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवार जवाहारलाल कुशवाहाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका कार्यक्रम सञ्चालक एवं आयोजक क्लबका सचिव हरि खड्काले जानकारी दिए ।
प्रतियोगितामा सर्लाही, रौतहट, बारा र धनुषाका गरी १७ वटा क्लबको सहभागिता रहेको थियो ।