Wednesday, February 21, 2024

६७ औँ प्रहरी दिवसको अवसरमा मन्दिर सरसफाई सम्पन्न (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

मलंगवा- ६७ औँ प्रहरी दिवसको अवसरमा मलंगवा स्थित दुर्गा मन्दिर सरसफाई सम्पन्न गरिएको छ ।

शनिवार जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेल कमाण्डको टोलीले मलंगवा नगरपालिका–३, मा रहेको दुर्गा भगवती मन्दिर सरसफाई गरेको हो । मन्दिर सरसफाईको लागि पुगेको टोलीले मन्दिर परिसरमा रहेका झाडी फाड्ने देखी यत्रतत्र छरिएका फोहार संकलन गरेर ब्यवस्थापन गरेका थिए ।

सरसफाई कार्यक्रममा मलंगवा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय भद्र भलादमी, विभिन्न सरकारी एवं गैर सरकारी संघ संस्थाका प्रमुख र प्रतिनिधिहरुको समेत सहभागिता रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

कार्यक्रम अन्तरगत आईतवार सबै कार्यलय परिषरमा बृक्षा रोपण गरिने जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles