बागमती–सर्लाहीको बागमतीमा रहेको सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रवार बागमती नगरपालिका–५, जनता नमुना माध्यामिक बिध्यालय प्रांगणमा संस्थाको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थामा पदाधिकारीहरुले विभिन्न प्रतिबेदन पेश गरेका थिए ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2022/10/IMG_9649-1024x683.jpg)
सभाको प्रमुख अतिथि मेयर थापाले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका कार्यक्रमका सभाध्यक्ष जवाहरलाल कुशवाले जानकारी दिए । सभामा संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा गरेको आर्थिक कारोवारको लेखा परिक्षण प्रतिवेदन, संस्थाको प्रगती प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक बर्षमा ४० करोड १४ लाख ६० हजार २७ रुपैया बराबरको कुल कारोवार गरेको छ । भने, त्यसबाट २९ लाख ९ हजार ७ सय ६४ रुपैया तिन पैसा खुद मुनाफा आर्जन गरेको छ । प्रतिवेदन अनुसार संस्थाले गत बर्षको भन्दा केही कम कारोवार गरेको भएपनि मुनाफा ९ लाख भन्दा धेरैले बढाएको छ ।
बागमती नगरपालिका–६, खाल्टे बजारमा मुख्य कार्यलयको रहेको यस संस्थाले बागमती–८, सोल्टि बजारमा कर्पोरेट कार्यलय संचालन गरेको छ । भने, बरहथवा–६ र बागमती–५, सप्तरंगी सेवा कार्यलयबाट समेत सेवा प्रदान गर्दै आएको ब्यवस्थापक फाल्गुण कुमार रोकाहाले जानकारी दिए । २ हजार ४ सय ८८ पुरुष र २ हजार ७ सय २६ महिला गरी संस्थामा ५ हजार २ सय ३२ जना शेयर सदस्य आवद्ध छन् ।
संस्थाले हाल सम्म कृषि कर्जा, सानो ब्यापार कर्जा, लघु व्यवसाय कर्जा, युवा स्वरोजगार कर्जा, बचत धितो कर्जा, संस्थापक बचत धितो कर्जा, सामुहिक महिला कर्जा र कर्मचारी कर्जा गरेर ८ वटा शिर्षकमा कर्जा प्रवाह गर्दै आईरहेको छ । कार्यक्रमकै विच संस्थाले विभिन्न बिधामा दर्जन बढि ब्यक्ति र समुहलाई सम्मान समेत गरेको थियो ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2022/10/IMG_9652-1024x683.jpg)
यसैविच संस्थाले साधारण सभाको अवसरमा आयोजना गरेको रक्तदान शिविरमा १ सय ४ जनाले रगत दान गरेका छन् ।
संस्था र रेडक्रस सोसाईटी राजघाट उपशाखाको सम्यूक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा १३ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको शाखाका सन्त बहादुर बिश्वकर्माले जानकारी दिए । रक्त संचार केन्द्र मलंगवा र जनकपुरका प्राविधिक टोलीले संकलन गरेको रगत दुवै ठाउँमा पठाईएको उपशाखा राजघाटले जनाएको छ ।
![](https://www.pahilokhoj.com/wp-content/uploads/2022/10/310461790_8843657095704819_2629276435008435832_n-1024x768.jpg)
रक्त संकलनमा दुवै केन्द्रका चिकित्सक प्राविधिकहरु खटिएका थिए । संस्थाले बर्षेनी साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ । मेयर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे, नेफस्कुनका कार्यक्रम अधिकृत सुरज चालिसे, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको संस्थाले जनाएको हो ।