Thursday, March 27, 2025

साना किसान कृषि सहकारी शंकरपुरको अध्यक्षमा श्रेष्ठ चयन

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा रहेको साना किसान कृषि सहकारी संस्था शंकरपुरको अध्यक्षमा भुपेन्द्रमान श्रेष्ठ चयन भएका छन् ।

आईतवार सम्पन्न सहकारी संस्थाको १६ औँ बार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्य नयाँ संचालक समिति गठन गरेको हो । बागमती नगरपालिका–१०, शंकरपुर सोल्टीमा रहेको संस्थाकी अध्यक्ष कमल कुमारीको अध्यक्षतामा सम्पन्न सभाको कार्यक्रममा प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले उद्घाटन गरेका थिए ।

संस्थाको साधारण सभा सोल्टीस्थित गाजली चोकमा रहेको निर्माणाधीन दाना उद्योगको जग्गामा सम्पन्न भएको संस्थाले जनाएको हो । संस्थाको बन्द सत्रबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा मोहित महासेठलाई जिम्मेवारी प्रदान गरेको थियो । भने अन्य सदस्यमा चयन भएका संस्थाका प्रवन्धक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

संस्थाका कार्यसमिति सदस्यहरुमा जंगबहादुर महतो, भुवनप्रसाद निरौला, विजय राय, किशुन महतो, राजकुमार महतो, गायत्री खत्री, कौशल कुमार सिंह, मोहम्मद मुर्तुजा, इन्द्रप्रसाद पोखरेल, सविता गौतम कार्की, भक्तबहादुर भुजेल, शिवमाया खरेल र दिलमाया योन्जन चयन भएका छन् । उनीहरुलाई सभाको निर्वाचन कमिटिले अबिर र फुलमालाले स्वागत गरेका थिए ।

संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा गरेको कारोबारको लेखा परिक्षण प्रतिवेदन समेत सभा समक्ष प्रस्तु गरिएको थियो । संस्थाको आर्थिक प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷७९ मा ८० करोड १३ हजार ९२० रुपैयाँ ३७ पैसा कूल कारोवार गरी १ करोड ४९ लाख २५ हजार ६१८ रुपैयाँ ६० पैसा खूद मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।

कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवाल, समाजसेवी जवाहारलाल कुशवाहा लगायतको आतिथ्यता रहेको थियो । साधारण सभाको अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता, नियमित साँवा ब्याज बुझाउने ऋणीलगायतलाई सम्मान गरेको संस्थाका प्रवन्धक काफ्लेले जानकारी दिए ।

३ हजार २ सय ८९ शेयर सदस्य आवद्ध यस संस्थाले बागमती र बरहथवा नगरपालिकाको विभिन्न वडाहरुमा बित्तिय सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles