Friday, February 23, 2024

सर्लाही २ मा सत्तागठबन्धनको यादव आधिकारिक उमेदवार घोषणा

ताजा / भरखरै प्राप्त

सर्लाही-सत्तागठबन्धनको बैठकले सर्लाही २ मा प्रतिनिधिसभाको चुनावका लागि सत्तागठबन्धनका आधिकारिक उम्मेदवार महेन्द्र राय यादवहुने निर्णय गरेको छ।

बुधबार बालुवाटारमा बसेको सत्तागठबन्धन बैठकले प्रतिनिधिसभाका लागि सर्लाही क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ २(क) र २(ख) मा आधिकारिक उम्मेदवारबारे निर्णय गरेको हो।

मंसिर ४ को निर्वाचनका लागि आधिकारिक उम्मेदवार महेन्द्र राय यादव हुने सत्तागठबन्धनका शीर्ष नेताद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, प्रदेश सभाको चुनावका लागि सर्लाही २(क) मा सुनील साह र २(ख) मा कौशलकिशोर राय उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ। यस पहिला गठवन्धनकै तर्फबाट राजेन्द्र महतोले पनि उमेदवारी दर्ता गराएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles