Wednesday, February 21, 2024

राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र मलंगवाको १७ औं वार्षिक साधारणसभा सम्पन्न

ताजा / भरखरै प्राप्त

मलंगवा–राष्ट्रिय रोजगार प्रबर्धन केन्द्र मलंगवाले आफ्नो १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सोमवार मलंगवा नगरपालिका–८, स्थित कुशुम पार्टी प्यालेसमा केन्द्रको १७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले सभाको दिप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए । केन्द्रकी अध्यक्ष गायत्री देवीको अध्यक्षतामा सभा सम्पन्न गरेको संस्थाले जनाएको हो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक शिवजी प्रसाद साहले स्वागत मन्तव्य राखेका थिए । भने, कोषाध्यक्ष पिंकी साहले संस्थाको वार्षिक आर्थिक प्रगति प्रतिबेदन सभा समक्ष प्रस्तुत गरेकी थिईन् । कार्यक्रमकै विच सहभागी र अतिथिहरु बिच संस्थाले गर्दै आएको कामको बारेमा सामुहिक छलफल संचालन गरिएको थियो । साथै संल्लाह सुझाव समेत संकलन गरिएको संस्थाले जनाएको हो ।

जिल्ला समन्वय समिति सभापति सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपसभापति जितेन्द्र प्रसाद कुशवाहा बिशिष्ठि अतिथि रहनु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायत विभिन्न कार्यलय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको समते आतिथ्यता रहको संस्थाले जनाएको हो ।

कार्यक्रममा अधिकांश बक्ताहरुले संस्थाले गर्दै आएको कामको प्रसंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles