चन्द्रनगर–सर्लाहीको चन्द्रनगरमा युवा युवती भागेको बिषयमा तनाव सृजना भएको छ ।
शनिवार दिउसो चन्द्रनगर–२, बबरगंजमा केटा र केटी भागेको बिषयमा तानाव उत्पन्न भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीलाई ३ सेल अश्रु ग्यास छाड्नु परेको थियो । राजिखुसी भागेकी केटीका आफन्तले केटाका काकालाई नियन्त्रण लिएर बन्धक बनाएका थिए । सोही स्थान बस्ने केटाका काका ६२ बर्षका गणेश रायलाई धर्मशालाका बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
गाउँकै कुशवाह धर्मशालामा बन्धक बनाईएका रायलाई उद्धार गर्ने क्रममा युवतीका आफन्त र स्थानीयले प्रहरी माथिनै ढुंगामुढा गरेका प्रहरीले जनाएको हो । सोही क्रममा प्रहरीले ३ सेल अश्रु ग्यास प्रहार गरेको जनाएको छ । घटनामा ६ जना प्रहरी समेत घाईते भएका थिए । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईहेको प्रहरीले जनाएको छ ।
बन्धक बनाईएका रायलाई कुटपिट गर्दै केटा झिकाउन दवाव दिएको स्थानीयको भनाई छ । घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरीका डिएसपी विजय यादवले जानकारी दिए । गत असोज १३ गते चन्द्रनगर–२, बबरगंजका निवासी धर्मेन्द्र साहकी छोरी २० बर्षकी बन्दना कुमारी साह र सोही स्थान बस्ने भक्ती यादवका छोरी २२ बर्षका राजिव यादव राजिखुसी भागेका थिए ।
लगतै खोजी गरिएको भएपनि तिन दिन पहिलामात्र उनीहरु ईलाम पुगेको खवर आएको थियो । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाउने प्रयास गरेको भएपनी युवतीले युवकलाई छोडेर घर फर्कन नमानेको प्रहरीले जनाएको छ । उमेर पुगेका युवा युवती राजिखुसी भागेका श्रोतको दावी छ । घटनालाई स्थानीले जातिय मुद्धा बनाएको स्थानीयको दावी छ ।