बागमती– सर्लाहीको बागमती नगरपालिका स्थित राजघाटमा प्रदेश स्तिरीय चौँथो राजघाट कप फुटवल प्रतियोगिता सुरु भएको छ ।
मंगलवार बागमती नगरपालिका–६, लालबहादुर टोल राजघाटमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानले गरेकी आयोजक समाज सेवा युवा क्लवले जनाएको छ । उपमेयर मोक्तानले खेलका रेफ्री सन्तोष साहलाई फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेकी आयोजक क्लवका अध्यक्ष कुष्ण वाईबाले जानकारी दिए ।
खेलको माध्यमबाट राजघाटको पहिचान देश विदेश सम्म फैलाउने र स्थानीय युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्ने लक्ष्य सहित प्रतियोगिता आयोजना गरिदै आएको अध्यक्ष वाईबाले बताए । यस पहिला प्रतियोगिताको तिन वटा श्रृंखला सम्पन्न गरिसकेको आयोजक क्लवका उत्तम वाईबाले जानकारी दिए । प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् ।
कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय १ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो । प्रतियोगिताको उदघाटन खेलमा मुर्तिया युवा क्लव सर्लाही र चिसापानी युवा क्लव बारा विच प्रतिस्पर्धा भईरहेको छ ।
यस्तै उपमेयर मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको उदघाटन समारोहमा समाजसेवी जवाहरलाल कुशवाह, बागमती नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष, बागमती युवा क्लवका अध्यक्ष किष्मत राज मैनाली लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीयको समेत उत्साहजनक उपस्थिती रहेको आयोजकले जनाएको हो ।