Tuesday, July 16, 2024

निर्माण ब्यवसायी बुढाथोकीद्वारा जन्मदिनको अवसरमा आश्रममा मिष्ठान्न भोजन तथा न्यानो कपडा वितरण

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीमा रहेको पदमभुवनेश्वरी नमुना बृद्ध सेवा आश्रममा एक निर्माण ब्यवसायीले सहयोग प्रदान गरेका छन् ।

बुधवार बागमती नगरपालिका वडा नम्बर–११, निवासी निर्माण ब्यवसायी कुवेर बुढाथोकीले आफ्नो जन्मदिनको अवसरमा आश्रममा आश्रित बृद्ध, बृद्धाहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएका हुन् । निर्माण ब्यवसायी एवं समाजसेवी बुडाथोकी दम्पती आश्रममै पुगेर न्यानो कपडा वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराएका आश्रम परिवारले जनाएको हो ।

श्रीमती अप्सरा बुढाथोकी सहित आश्रममा पुगेका उन्ले आश्रममा आश्रित आमा बुवाहरुसगँ केही बेर बिताएका थिए । यस्तै सोही कार्यक्रममा सहभागि भएका रौतहटको चन्द्रपुर–१, निवासी विदुर राउत र कपिल राणाले पनि आश्रमलाई नगद सहयोग गरेका छन् । उनीहरुले नगद ८ हजार आश्रममा आश्रित आमा बुवाहरुको नाममा सहयोग हस्तान्तरण गरेका आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिनुभयो ।

सहयोगि बुढाथोकी परिवार सहित विदुर राउत, कपिल राणा तथा बागमती–११, निवासी बिक्रम आचार्य प्रति धन्यवाद ज्ञापन गरेका छन् । यसरी आश्रममा पछिल्ले समय सहयोगि मनहरुको सहयोगले ब्यवस्थापनमा सहज भएको ब्यवस्थापक कोईरालाले बताईन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles