Monday, December 2, 2024

जिल्लामा दिपावली मनाउने क्रममा आगलागी, लाखौँको क्षती

ताजा / भरखरै प्राप्त

सर्लाही–दिपावली मनाउने क्रममा जिल्लामा विभिन्न स्थानमा आगलागी भएको छ । भने, आगलागीबाट लाखौँको क्षती भएको छ ।

सोमवार दिपावली मनाउने क्रममा जिल्लाका विभिन्न स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । आगलागीबाट सर्लाहीको ईश्वरपुर नगपालिका–१, शंकरगंज निवासी रामदेव साह सोनारको घरमा क्षती पुगेको हो । साझमा दिपावली गर्दा बालेको मैन बत्तिबाट घरमा आगो सल्किएको प्रहरीको आशंका छ ।

आगालागीबाट सोनारको एक तलाको काठको घरको कोठा र छानामा क्षती पुगेको छ । घरमा रहेको एलईडी टिभी, पलङ, चादिँको पायल, सुनको मंगलसुत्र, अन्य लत्ताकपडा समेत गरी २ लाख ७० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रमा आएको स्थानीयले बताए ।

यस्तै दिपावली गर्ने क्रममा रामनगर गाउँपालिका–४, बहुअर्वामा पनि आगलागी भएको छ । दिपावली गर्न बालिएको मैन बत्तिबाट रामचन्द्र रामको घरमा आगो सल्किएको प्रहरीले जनाएको हो । आगलागीबाट रामको घर भित्र रहेका सम्पुर्ण सामाग्री जलेर नष्ट भएको र थप विवरण आउन बाँकी रहको प्रहरीले जनाएको हो ।

यस्तै बिजुलीको तार सर्ट भएर सर्लाहीको रामनगर–१,मा दुखी सहनीको एक कोठाको फुसको घर जलेर नष्ट भएको छ । आगलागीबाट घर पुर्णरुपमा नष्टहुदा घर भित्र रहेका लत्ताकपडा, खाध्यन्न र अन्य सरसामान गरी अन्दाजी ७० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको हो । आगो स्थानीयको सहयोगमा प्रहरी टोलीले नियन्त्रणमा लिएका थिए ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles