बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा हरिवन यूवा क्लव विजयी भएको छ ।
मंगलवार सम्पन्न तेस्रो क्वाटरफाईनल खेलमा सुनौलो विहानी यूवा क्लव ढुम्जनटोललाई २–० गोल अन्तरले पराजित गर्दै हरिवन यूव क्लव हरिवन विजयी भएको छ । जित सगैँ हरिवन यूवा क्लव हरिवन अन्तिम चारमा प्रवेश गरेको छ । हरिवनको जितमा खेलाडि स्टेफेनले पहिलो हाफमा पहिलो गोल गरेका थिए ।
हरिवन यूवा क्लव पहिलो हाफ सम्म १–० गोल अन्तरको अवस्थामा पुगेको थियो । दोस्रो हाफमा हरिवन यूवा क्लवले सुनौलो विहानीको तर्फबाट उपहार गोल पाए पछि हरिवन यूवा क्लव हरिवन २–० गोल अन्तरले विजयी भएको हो । हरिवन यूवा क्लवका खेलाडिको प्रहार पोष्ट नजिकैबाट कृल्यिर गर्ने क्रममा सुनौलो विहानीको गोल पोष्टमा गोलमा परिणत भएको हो ।
आजको खेलको प्रतियोगितमा उत्कृष्ठ खेल प्रदर्शन गरेका सुनौलो विहानी क्लवका गोल रक्षक सागर मगर म्यान अफ द म्याच घोषित हुदै ट्रफी चुम्न सफल भए । यस्तै बुधवारको चौथो क्वाटरफाईनल खेलमा सेभेन स्टार यूवा क्लव बरहथवा र आयोजक समाजसेवा यूवा क्लव विच प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष कृष्ण बहादुर वाईबाले जानकारी दिए ।
प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।