बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा मुर्तिया यूवा क्लव फाईनलमा प्रवेश गरेको छ ।
शुक्रवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा हरिवन यूवा क्लव हरिवनलाई १–० गोल अन्तरले पराजित गर्दै मुर्तिया यूवा क्लवले फाईलन यात्रा तय गरेको हो । मुर्तियाको जितमा खेलको दोस्रो हाफको २८ औँ मिनेटमा निश्चल ठकुरीले गरेको गोल गरे । टिमको लागि निश्चलले गरेको गोल नै निर्णयक बन्यो ।
जित सगैँ मुर्तिया प्रतियोगिताको फाईनलमा पुगेको छ । भने, मुर्तियाले उपविजेताको उपाधि समेत रक्षा गरिसकेको छ । प्रतियोगिताको विजेताको उपाधिको लागि मुर्तियाले आयोजक समाजसेवा यूवा क्लव र हिरापुर युवा क्लव विच शनिवार हुने दोस्रो सोमिफाईनल खेलको विजेता सगँ प्रतिस्पर्धा गर्ने छ ।
यस्तै आजको प्रतियोगिताको म्यान अफ द म्याच मुर्तिया यूवा क्लवका खेलाडि युवराज खड्का घोषित भए । उन्ले ट्रफी समेत पाए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा उत्कृष्ठ प्रदर्शन गरे पनि हरिवन यूवा क्लव गोल गर्नबाट भने चुक्यो । फल स्वरुप खेलमा पराजित हुन पुग्यो ।
यस प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिम सहभागि भएका थिए । कात्तिक १४ गते फाईनल हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ५१ रुपैया नगद, शिल्ड, मेडल, प्रमाणपत्र र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष कष्ण बहादुर वाईबाले जानकारी दिए ।