बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा मुर्तिया यूवा क्लव मुर्तिया विजयी भएको छ ।
आईतवार सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा झम्केश्वरी यूवा क्लव रौतहटलाई २–१ गोल अन्तरले पराजित गर्दै मुर्तिया यूवा क्लव मुर्तियाले सोमिफाईनल यात्रा तय गरेको हो । मुर्तियाको जितमा खेलको पहिलो हाफमा रुपक लामाले गोल गरे । लामाको गोलबाट मुर्तियाले खेलमा अग्रता कायम गरेको थियो ।
पहिलो हाफ सम्म १–० को अवस्थामा रहेको मुर्तियाले दिनेश योन्जनको गोलको मद्दतले अग्रता दोब्बर बनाएको थियो । खेलको दोस्रो हाफमा रोटहटका खेलाडि सुरेश चौधरीले गोल गर्दै गोल अन्तर कम गरेपनि हार टार्न भने सकेन्न । निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा दुबै टोली उत्कृष्ठ लयमा देखिए ।
उत्कृष्ठ खेल प्रदर्शन गरेका रौटहटको झम्केश्वरी यूवा क्ललवमा खेलाडि सुरेश चौधरी म्यान अफ द म्याच घोषित हुदै ट्रफी समेत चुमे । यस्तै सोमबारको दोस्रो क्वाटर फाईनल खेलमा लालबन्दी–११, र हिरापुर यूवा क्लव हिरापुर विच प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष कृष्ण बहादुर वाईबाले जानकारी दिए ।
प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।