Wednesday, February 21, 2024

चौँथो राजघाट कप फुटवल : लालबन्दी–११, लाई हराउदै हिरापुर सेमिफाईनलमा

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा हिरापुर यूवा क्लव हिरापुर विजयी भएको छ ।

सोमवार सम्पन्न दोस्रो क्वाटरफाईनल खेलमा लालबन्दी–११, लाई ३–० गोल अन्तरले पराजित गर्दै हिरापुर यूवा क्लव हिरापुर सेमिफाईनलमा प्रवेश गरेको हो । हिरापुरको जितमा सुमन चौधरीले पहिलो गोल गरेका थिए । त्यसको केही समय पछिनै हिरापुरले उपहार गोल पाएको थियो ।

यो सगैँ पाहिलो हाफमा २–० गोल अन्तरले अगाडि रहेको हिरापुर बिवेक राईले दोस्रो हाफमा पुनः एक गोल गरेपछि ३–० ले विजयी भएको हो । लालबन्दी–११, का खेलाडिहरुले पटक–पटक खेलमा फर्कन गरेको प्रयास असफल भएपछि हारब्यहोर्न बाध्य भए । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक देखिएको थियो ।

उत्कृष्ठ खेल प्रदर्शन गरेका हिरापुर यूवा क्लवका खेलाडि खम्बु राई म्यान अफ द म्याच घोषित हुदै ट्रफी हातपार्न सफल भएका छन् । यस्तै मंगलवारको तेस्रो क्वाटरफाईनल खेलमा हरिवन यूवा क्लव हरिवन र सुनौलो बिहानी यूवा क्लव डुम्जन टोल विच प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष कृष्ण बहादुर वाईबाले जानकारी दिए ।

प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles