Wednesday, February 21, 2024

चौँथो राजघाट कप फुटवल : आयोजक समाजसेवाको कठिन जित

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा आयोजक समाजसेवा यूवा क्लव विजयी भएको छ ।

शनिवार सम्पन्न अन्तिम सेमिफाईनल खेलमा हिरापुर यूवा क्लव बरहथवालाई पराजित गर्दै आयोजक समाज सेवा यूवा क्लव फाईनलमा प्रवेश गरेको हो । खेलमा समाजसेवा यूवा क्लवका खेलाडि ईमान घरलानले गरेको गोल नै निर्णयक बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको अन्तिम दुई मिनेट बाँकी हुदा ईमानले गरेको प्रहारले गोल पोष्टको दिशा लिएको हो ।

यो जित सगैँ समाज सेवा यूवा क्लवले उपविजेताको उपाधि रक्षा गरिसकेको छ । उपाधिको लागि आयोजक समाजसेवा यूवा क्लवले सोमवार फाईनलमा मुर्तिया यूवा क्लव सगँ प्रतिस्पर्धा गर्ने छ । यस्तै आजको खेलको म्यान आफ द म्याच खेलमा एक मात्र गोल गरेका समाज सेवा यूवा क्लवका ईमान घोषित हुदै ट्रफी चुम्न सफल भए ।

यस प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिम सहभागि भएका थिए । कात्तिक १४ गते फाईनल हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ५१ रुपैया नगद, शिल्ड, मेडल, प्रमाणपत्र र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष कष्ण बहादुर वाईबाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles