Tuesday, June 25, 2024

चौँथो राजघाट कप फुटवल : आयोजक समाजसेवा यूवा क्लव विजयी

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको राजघाटमा जारी प्रदेश स्तरिय चौँथो राजघाट कप फुटवलमा आयोजक समाजसेवा यूवा क्लव विजयी भएको छ ।

शनिवार सम्पन्न प्रतियोगितामा आकाश दिप यूवा क्लव बरहथवालाई १–० गोल अन्तरले पराजित गर्नै समाजसेवा यूवा क्लव विजयी भएको हो । खेलको दोस्रो हाफमा समाजसेवा यूवा क्लवका खेलाडि प्रितम स्याङबोले गरेको गोल नै निर्णयक बन्यो । घरेलु मैदानमा उच्च मनोवलको साथ आयोजक समाजसेवा मैदानमा उत्रिएको थियो ।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दवाव कायम गर्न नसक्दा आकाश दिप यूवा क्लव बरहथवा पराजित हुन पुग्यो । बरहथवाको टिम आकाश दिपका गोल रक्षक जयराम चौधरीले खेल अवधी भर निकै उत्कृष्ठ बचाउ गरेका थिए । उत्कृष्ठ खेल प्रदर्शन गरेका चौधरी आजको खेलको म्यान अफ द म्याच घोषित हुदै ट्रफी चुम्न सफल भए ।

यसैविच यो सगैँ प्रतियोगिताको प्रिक्वाटर फाईन खेल सम्पन्न भएको छ । आयोजक समाजसेवा यूवा क्लवका अनुसार आईतवारबाट क्वटर फाइनल खेल सुरुहुने छ । आईतवारको पहिलो क्वाटरफाईनल खेलमा रौतहटको झम्केश्वरी यूवा क्लव र मुर्तिया यूवा क्लव मुर्तिया विच प्रतिस्पर्धा हुने आयोजक समाजसेवा यूवा क्लवका अध्यक्ष कृष्ण वाईबाले जानकारी दिए ।

प्रतियोगितामा सर्लाही सहित रौतहट, बारा र धनुषाका समेत गरी १६ वटा टिमले भाग लिएका छन् । कात्तिक १४ गते फाईनल हुने खेलका विजेताले १ लाख १ हजार १ सय ५१ रुपैया र उपबिजेता टोलीले ५१ हजार १ सय ५१ रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles