हरिवन-सर्लाहीको हरिवन नगरपालिका स्थित लखन्देही खोला किनारमा बर्षौ देखी खेर गईरहेको नदि उकास जग्गामा स्थानीय सुकुम्वासी परिवारले कृषि बन कार्यक्रम अन्तरगत तरकारी जन्य बस्तु उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् ।
दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै र परिवार पाल्दै आएका उनीहरु अहिले उक्त कार्यक्रम अन्तरगत प्राप्त जग्गामा लगाएको बदाम उखेल्ने, टिप्ने, सुकाउने र भित्राउने काममा ब्यस्त बनेका छन् । ब्यापारीले राम्रो मुल्य नदिएकोले बिक्री भने पछि गर्ने किसान अजमेरी खातुनले बताईन् ।
हरिवन स्थित ग्रामिण स्वयम सेवक समाजको ब्यवस्थापनमा हरिवन नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा हरिवन नगरपालिका स्थित तिन वटा वडामा यो कार्यक्रम संचालन भईरहेको संस्थाका कृषि जेटिए सुरज खनालले जानकारी दिए ।केही महिना पहिला सम्म बन्जर (बाझो) बगर अहिले बोट बिरुवा र उनीहरुको मिहेनतबाट हराभरा बनेको छ ।