कविलासी-सर्लाहीको कविलासी नगरपालिकामा युवाहरुलाई लागु औषधको दुर्वेसनबाट जोगाउन कब्बडी खेल आयोजना गरिएको छ ।
कविलासी नगरपालिका–१०, सलेमपुरमा वडा स्तरिय कब्बडी प्रतियोगिता आयोजना गरिएको हो । लागु औषध प्रयोगबाट युवाहरुलाई जोगाउने उध्येश्य सहित स्थानीय युवाहरुकै आयोजनामा प्रतियोगिता संचालन गरिएको आयोजक मध्येका एक रंजित कापरले जानकारी दिए । स्थानीय चार यूवा मिलेर ब्यक्तिगत लगानीमा प्रतियोगिता आयोजना गरेका जनाएका छन् ।
प्रतियोगिता अन्तरगत अहिले लिग चरणको खेल चलिरहेको कापरले बताए । गत असोज २५ गतेबाट सुरु भएको प्रतियोगिताको कात्तिक ५ गते फाईनल खेलहुने आयोजक कमिटिले जनाएको हो । असोज ३० गते सम्म लिग चरण त्यस पछि सेमिफाईन र फाईन गरी खेल आयोजना गरिने आयोजक समितिका अर्का युवा संजय यादवले बताए ।
सोही स्थानका रंजित यादव, संजय यादव, दिपेन्द्र यादव र चन्दन मण्डलको समुहले कब्बडी प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता हरेक साझ ६ः३० बजे देखी राती ९ः३० बजे सम्म संचालन भईरहेको छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद १५ हजारm शिल्ड र जनही चादिको तक्मा प्राप्त गर्ने छन् । भने, उप विजेताले नगद १० हजार, शिल्ड र तामामो तक्मा प्राप्त गर्ने छन् ।
प्रतियोगिता प्रदेश स्तरको खेल संचालन गर्ने एम्पायरहरुबाट संचालन गरिएको आयोजकले जनाएको हो ।