सर्लाही–अखिल नेपाल फुटवल संघ (एन्फा)ले आयोजना गरेको ‘सि’ डिभिजन छनौट फुटवल प्रतियोगितामा बागमती यूवा क्लव समुह विजेता बनेको छ ।
आईतवार एन्फा कम्प्लेक्स सातदोवाटोमा अनुसासित ब्वईज काठमाण्डौलाई ३–० गोल अन्तरले पराजित गर्दै बागमती युवा क्लव समुह विजेता बनेको हो । जित सगैँ बागमती युवा क्लव छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । जितका लागि बागमतीमा खेलाडि विमल घिसिङले खेलको दोस्रो हाफमा ब्यक्तिगत दुई गोल गरेका थिए । भने, प्रितम स्यांबोले १ गोल गरे ।
सर्लाहीको बागमती युव क्लवले प्रतियोगिताको पहिलो खेलमा स्मार्ट फुटवल क्लव सिन्धुलीलाई ५–० गोल अन्तरले पराजित गरेको थियो । टिमका लागि अनिर रानामगरले ब्यक्तिगत २ गोल, बिमल घिसिङ, अवि लामा र सन्तोष लिम्बुले एक÷एक गोल गरेका थिए । खेलाडिहरु यस पटक जसरी पनि ‘सि’ डिभिजनमा छनौट हुने उध्यश्ये सहित मैदान उत्रीरहेका क्लवका सचिव कुमार प्रधानले जानकारी दिए ।
२३ बर्ष मुनिको राष्ट्रिय टिमका सहायक प्रशिक्षक एंव क्लवका मुख्य प्रशिक्षक राेजित केसीको नेतृत्वमा टोली ‘सि’ डिभिजन प्रतियोगिता खेल्न काठमाण्डौ पुगेको हो । टिमलाई क्लवका सहायक प्रशिक्षको रुपमा सोनाम लामाले प्रशिक्षित गरिरहेका छन् । देश भरीबाट ६२ टिम सहभागि ‘सि’ डिभिजन छनौट प्रतियोगिताको प्रतेक समुहमा ३/३ वटा टोली सहभागि भएका छन् । यस क्लवमा २० बर्ष मुनिका राष्टिय टिममा पर्न सफल खेलाडि समेत समेटिएका छन् ।