Friday, February 23, 2024

अखिल नेपाल यातायात मजदुर संघ सर्लाही अध्यक्षमा सापकोटा र नगर अध्यक्षमा श्रेष्ठ चयन

ताजा / भरखरै प्राप्त

बागमती–नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघ सर्लाहीको अध्यक्षमा भगवान सापकोटा चयन भएका छन् ।

मंगलवार बागमती नगरपालिका–११, स्थित कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रांगणमा सम्पन्न जिल्ला भेलाले सापकोटाको नेतृत्वमा नयाँ जिल्ला कमिटि गठन गरेको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले २१ सदस्य समिति गठन गरेको संघले जनाएको छ ।

भेला संघका मधेश प्रदेश कमिटि उपाध्यक्ष अरुण उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला कमिटिको अन्य पदाधिकारी भने पछि बस्ने पुर्ण कमिटि बैठकबाट चएन गरिने संधको नवगठित समितिका अध्यक्ष सापकोटाले जानकारी दिए ।

यसैविच सोही भेलाले अखिल नेपाल यातायात मजदुर संघको बागमती नगर कमिटि समेत गठन गरेको छ । भेलाले लोकेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्य कमिटि गठन गरेको हो । नगरकमिटिको अन्य पदाधिकारी समेत पछि पुर्ण कमिटि बैठकबाट चयन हुने गरी भेलाले समितिको अध्यक्षमात्र चयन गरेको जनाएको छ ।

बागमती नगरपालिकाका मेयर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा संघका प्रदेश कमिटि अध्यक्ष रंगनाथ तिमल्सेनाको बिशिष्ठ आतिथ्यता रहेको थियो । भने, माओवादी केन्द्रका नेता सन्देश श्रेष्ठ, बागमती नगरपालिका–१ र ११ का वडाध्यक्ष द्वय गंम्भिर सिङ पाख्रिन र प्रदिप आचार्य, कर्मैया खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्ले, हरिहरक्षेत्र सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भिमसेन थापा, समाजसेवी केशव रेग्मि लगाएतको आतिथ्यता रहको संघले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles