हरिवन–सर्लाहीको हरिवन स्थित सासापुरमा रहेका गणेश मन्दिरका लागि १ बर्षे जनश्रमदान अभियान सुरुभएको छ ।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)ले सुरु गरेका हरेक शनिवार सार्वजनीक स्थानमा जनश्रमदान कार्यक्रम अन्तरगत शनिवार गणेश मन्दिर परिसर सरसफाई समेत गरिएको छ । अभियानलाई निरन्तरता दिदै धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्य सहित गणेश मन्दिर परिसरमा १ वर्षे जनश्रमदान अभियान सुरु गरिएको उन्ले बताए ।
शनिबार बिहान मन्दिर परिसरमा सरसफाई गर्न मेयर बुढाथोकी सहित स्थानीय, विभिन्न ब्यक्तित्वहरुको समत मन्दिर परिसर पुगेका थिए । कार्यक्रममा हरिवन नगरपालिकाका मेयर बुढाथोकी, वडाध्यक्ष केशव थापा, हरिवन सिटी जेसिजका अध्यक्ष विनोद महत, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु, समाजसेवीहरु, युवाहरु लगायतको सहभागिता रहेको थियो । सोही कार्यक्रमका विच मन्दिर परिसरमा वृक्षारोपण समेत गरिएको छ ।
गणेश मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न नि–स्वार्थ जनश्रमदान एवं सरसफाई अभियान सूरु गरिएको वडाध्यक्ष थापाले जानकारी दिए । अभियानमा नगरपालिका, वडा कार्यालय, हरिवन सिटी जेसिज, चापिनी युवा क्लब लगायतको सहकार्य रहेको उन्को भनाई थियो । बुढाथोकी मेयर निर्वाचित भए लगतै सुरुभएको श्रमदान अभियानमा सहभागि भएर हरिवनका स्थानीयले हरेक शनिवार आफ्नो गाउँ टोलमा रहेका सार्वजनिक मठ, मन्दिर, पाटी पौँवा, लगाएतका संरचनाहरुको सरसफाई तथा मर्मत सम्भारको काम गर्दै आएका छन् ।