Tuesday, June 25, 2024

सोती खोलामा डुबेर बालकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

बरहथवा-सर्लाहीको बरहथवा नगरपालिका स्थित टाँडीमा रहेको सोती खोलामा डुबेर एक बालकको ज्यान गएको छ ।

बुधवार दिउसो बरहथवा नगरपालिका–७, स्थित सोती खोलमा डुबेर धन्कौल गाउँपालिका–७, छटौल बस्ने १५ बर्षका शिवजी यादवको ज्यान गएको हो । बरहथवा स्थित बजार क्षेत्रमा कोठामा बसेर ८ कक्षामा पढ्ने गरेका यादव दिउसो साथिहरु सगँ खोलामा पौडिखेल्न पुगेका थिए ।

स्थानीयका अनुसार पौडिखेल्न सोती खोलामा पसेका उनी लगतै बेपत्ता भएका थिए । घटना लगतै स्थानीय मलाहहरुले बालकलाई उद्वार गरेर पोखरीबाट निकालेका बताएका छन् । स्थानीयका अनुसार उपचारको लागि अस्पताल पु¥याए पछि चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

मृतक बालको सव परिक्षण पश्चात आफन्तको जिम्मा लगाईएको छ । घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । घटना बुधवार दिउसोकै भएपनि ढिलागरी जानकारीमा आएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles