Wednesday, February 21, 2024

सर्लाहीमा ट्रककाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गयाे

ताजा / भरखरै प्राप्त

हरिवन-सर्लाहीकाे हरिवन नगरपालिका स्थित नयाराेडमा ट्रककाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गएकाे छ ।

साेमवार बिहान पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे ना ८ ख ८२६७ नम्बरकाे ट्रककाे ठक्करबाट एक पुरूषकाे घटना स्थलमै ज्यान गएकाे हाे । ट्रककाे ठक्करबाट ज्यान जानेमा हरिवन नगरपालिका-९, बस्ने रामचन्द्र रायमाझीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यलय हरिवनले जनाएकाे हाे ।

रायमाझीलाई ठक्कर दिएर ट्रक सडक छेउमा पल्टीएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाम संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । मृतककाे सव परिक्षणकाे लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएकाे जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles