Wednesday, February 21, 2024

सर्लाहीको पर्सा गाउँपालिकामा आधारभुत स्वास्थ्य चौकी उद्घाटन

ताजा / भरखरै प्राप्त

पर्सा– जिल्लाको दक्षिणपुर्वी भेग स्थित पर्सा गाउँपालिकाकामा आधारभुत स्वास्थ्य संस्था उद्घाटन गरिएको छ ।

शुक्रवार एक कार्यक्रमका विच पर्सा गाउँपालिका–६, मा निर्माण भएको स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवनको गाउँपालिका अध्यक्ष धिरेन्द्र रायले रिवन काटेर उद्घाटन गरेका स्वास्थ्य शाखाले जनाएको हो ।

स्वास्थ्य चौकी उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रायले गाउँपालिकाको समग्र विकासकोलागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताए । गुणस्तरीय शिक्षा र स्वास्थ्यको लागि आफु सदैव तयार रहेको अध्यक्ष रायले बताए ।

गाउँपालिकाले स्वास्थ्य संस्थाबाट गुणस्तरिय सेवाप्रदान गरेकाले नागरिकले सामान्य स्वास्थ्य उपचारको लागि ठुला अस्पताल धाएर धेरै धनराशी खर्चगर्नुपर्ने बाध्यता केही कम भएको उनले दावी गरे । यस अघि सामान्य बिरामी पर्दासमेत स्थानीयलाई उपचारका लागि समस्या हुनेगरेको थियो ।

सम्पन्न स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा पालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीयबासी लगायतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ । सोही अवसरमा गाउँपालिका अध्यक्ष रायले विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना समेत ब्यक्त गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles