Thursday, June 13, 2024

वाईसिएल सर्लाहीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्यूनिष्ट लिग (वाईसियल) ले शुभकामना आदानप्रदान तथा विस्तारित बैठक सम्पन्न गरेको छ ।

शुक्रवार बागमती नगरपालिका सभाहलमा संगठनको तेस्रो जिल्ला विस्तारित बैठक तथा शुभकामना आदानप्रदान सम्पन्न गरेको हो ।वाईसियल केन्द्रिय सचिव समिर बराईलीको आतिथ्यतामा भएको कार्यक्रममा हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली, छठ, ईद लगाएतको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

यसैविच संगठनले सोही अवसरमा जिल्ला कमिटिको तेस्रो विस्तारित बैठक समेत सम्पन्न गरेको जनाएको छ । नेकपा माओवादी केन्द्र हरिवन नगर अध्यक्ष अर्जुन पन्तको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा योङ कम्यूनिष्ट लिगका जिल्ला कमिटिका पदाधिकारी लगाएतको उपस्थिती रहेको संगठनका जिल्ला अध्यक्ष नरेश ग्राङजाले जानकारी दिए ।

यसै विच कार्यक्रममा आशन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको विषयमा समेत चर्चा भएको थियो । योङ कम्यूनिष्ट लिग जिल्ला कमिटिको आयोजना भएको कार्यक्रमका अधिकांश बक्ताहरुले विजया दशमी, शुभदिपावली, छठ पर्वले सम्पुर्णमा सद्भाव, आपसी भाईचारा, सौहाद्रता कायम गर्न मद्त पुग्ने अपेक्षा सहित शुभकामना ब्यक्त गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles