काठमाण्डौ–साफ महिला च्याम्पियनशिप अन्तर्गतको दोस्रो सेमिफाइनलमा भारतलाई हराउँदै नेपालले नयाँ इतिहास रचेको छ ।
दशरथ रङ्गशालामा भएको खेलमा भारतलाई एक–शून्य गोल अन्तरको ऐतिहासिक जित निकाल्दै नेपाल फाईनलमा प्रवेश गरेको हो । नेपालका लागि एक मात्र गोल रश्मीकुमारी घिसिङले गरिन् । उन्ले खेलको पहिलो हाफको इन्ज्युरी समयमा गरेको गोलनै नेपालको जितको लागि प्रयाप्त भयो । प्रिती राईको क्रसलाई घिसिङले पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरेकी हुन् ।
साफ महिला च्याम्पिनको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यो जित सँगै नेपाल फाईनलमा पाँचौँ पटक उपस्थिती जनाएको छ । भने, भारत पहिलो पटक सेमिफाईन खेलबाटै बाहिरिनु परेको छ । महिला साफको इतिहासमा भारतले यस पहिलाका सम्पुर्ण संस्करणहरु जितेको छ । भारतको हारसँगै यस पटक प्रतियोगितामा नयाँ साफ महिला च्याम्पियन आउने भएका छन् ।
अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल सोमवार बेलुकी ५ बजे हुनेछ । नेपालले जारी प्रतियोगितामा अहिलेसम्म एउटा पनि हार बहोर्नु परेको छैन ।