Friday, February 23, 2024

योङ्ग कम्युनिष्ट लिगको प्रदेश संयोजकमा पाचे, जिल्ला इन्चार्जमा थापा

ताजा / भरखरै प्राप्त

सर्लाही–नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)को प्रदेश संयोजकमा संजय पाचे चयन भएका छन् ।

योङ्ग कम्युनिष्ट लिग (वाईसिएल)को दोस्रो राष्ट्रिय भेलाले प्रदेश संयोजकमा पाचेलाई चयन गरेको हो । काठमाण्डौमा सम्पन्न भेलाले जिल्लाका इन्चार्ज र संयोजक समेत चयन गरेको योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) सर्लाहीले जनाएको हो ।

भेलाबाट जिल्ला इन्चार्जमा नविन थापा चयन भएका योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) सर्लाहीले जनाएको हो । यस्तै जिल्ला संयोजकमा नरेश ग्राङजा मगर चएन भएका हुन् । दोस्रो राष्ट्रिय भेलाले कार्यविभाजनका क्रममा उनीहरु चयन भएका हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles