Monday, January 13, 2025

म्यादी प्रहरीकोलागि सर्लाहीमा माग भन्दा ६१.८२ प्रतिशत बढि आवेदन

ताजा / भरखरै प्राप्त

सर्लाही-आशन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सर्लाहीमा माग भन्दा ६१.८२ प्रतिशत बढि आवेदन परेको छ ।

आगामि मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन सुरक्षामा खटिन ८ हजार ६ सय ६३ जनाले आवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार जुन माग भन्दा ६१.८२ प्रतिशत बढि हो । नेपाल प्रहरी प्रधान कार्यलयले जिल्लामा आगामि चुनावको लागि ३ हजार ३ सय ७ जना म्यादी प्रहरी भर्ना कोटा तय गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका एसपी प्रविण पोख्रेलका अनुसार बैशाख ३० गतेको स्थानीय चुनावमा म्यादी प्रहरीको भएर खटिएका १४ सय बढि यस पटब पनि आवेदन दिएका छन् । उनीहरुलाई प्रधान कार्यलयको निर्देशन बमोजिम सिधै अन्तरवार्ताबाट छनौट गरिने भएको छ । भने, बाँकी १ हजार ८ सय ५७ जना म्यादी प्रहरी ७ हजार २ सय १३ वटा आवेदनबाट छनौट गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार आवेदन खुल्ला गरेको एक हप्तामा ८ हजार ६ सय ६३ जनाले फारम भरेका थिए । त्यसमा १ हजार ५ सय ७० जना महिला र ७ हजार ९३ जना पुरुषको आवेदन परेको थियो । गृह मन्त्रालयले १८ बर्ष पुराभई ५४ बर्ष ननाघेका नेपाली नागरिकलाई रितपुर्वक फारम भर्न आह्वान गरेको थियो ।

मन्त्रालयले म्यादी प्रहरी हुनका लागि नैतिक पतन देखिने गरी फौजदारी अभियोग नभोगेको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक र मानसिक रुपले तन्दुरुस्त रहेको, आतंककारी संगठनको सदस्य नरहेको, सामान्य लेखपढ गर्न जान्ने र महिलाको हकमा गर्भवती नरहेको हुनुपर्ने उल्लेख गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यलय सर्लाहीले निष्पक्ष ढंगले परिक्षा लिएर छनौट हुने भएकोले कोही कसैको बहकाउमा नपर्न सचेत गराएको छ । कोही कसैले म्यादी प्रहरी भर्नाको नाममा कुनैपनि किसिमका ठगी धन्दा चलाएको थाहाँ पाए तत्काल प्रहरीलाई खवर गर्न जिल्ला प्रहरीका प्रमुख एसपी पोखरेलले आग्रह गरे । सोबवार देखी १४ गतेसम्म छनौट संचालन गरिने भएको छ ।

असोज २५ गते अन्तिम नतिजा सार्वजनिक गर्ने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ । ४० दिन सम्म चुनावी सुरक्षामा खटिने म्यादी प्रहरीले प्रति दिनको ८ सय ६९ रुपैयाका दरले एकमुष्ट ३४ हजार ७ सय ६० रुपैया तलव प्राप्त गर्ने छन् । खाध्यन्न प्रति ब्यक्ति ७ हजार २ सय, पोशाक तथा अन्य सामान खर्च ६ हजार, खटिएको ठाँउ सम्म आउने जाने १ हजार र दिनको ३ सयको दरले ४ दिनको खाजा खर्च प्राप्त गर्ने उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles