Tuesday, July 16, 2024

माओवादी केन्द्र बागमती नगर समितिद्वारा उम्मेदवारको नाम सिफारिस

ताजा / भरखरै प्राप्त

बागमती-आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र बागमती नगर समितिले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।

बुधवार नगर समितिका अध्यक्ष चित्र बहादुर तुम्सिङको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएर सिफारिस गरेको हो । बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । भने, प्रदेश सभाको प्रत्यक्ष तर्फ तिन जनाको नाम सिफारिस गरेको छ ।

यस्तै समानुपातिक तर्फ प्रतिनिधि सभा र प्रदेश सभाका लागि एक÷एक जनाको नाम सिफारिस गरेको केन्द्रका नगर कमिटि सचिव हरि खड्काले जानकारी दिए । बैठकले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ भरत कुमार थापा, राज कुमार राय, रामेश्वर राय, अच्युतम प्रसाद काफ्ले, राम प्रसाद उप्रेती र सरस्वती कुमारी मिश्रको नाम सिफारिस गरेको हो ।

यस्तै प्रदेश सभा प्रत्यक्ष तर्फ जवाहरलाल कुशवाह, रामहरी कोईराला र विनिता दहालको नाम सिफारिस गरेको पार्टी बागमती नगर समितिले जनाएको छ । समानुपातिकको प्रतिनिधि सभा तर्फ माया बल र प्रेदश सभा तर्फ बद्रि प्रधानको नाम सिफारिस गरिएको पार्टीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles