Wednesday, February 21, 2024

बागमती नगरपालिकाका बिध्यालयहरुले गरे शुभकामना आदानप्रधान(फोटो फिचर)

ताजा / भरखरै प्राप्त

बागमती–जिल्लाको बागमती नगरपालिकाका अधिकांश बिध्यालयहरुले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

शुक्रवार नगरका अधिकांश बिध्यालयले दशै, तिहार, छठ लगाएत पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका बिध्यालय प्रशासनले जनाएको हो । यस पहिला घटस्थापनाको दिन बिध्यालयमै जमरा समेत राखिएको थियो । शुक्रवार सोही जमरा र टिका लगाईदिएर शुभकामना आदानप्रदान गरिएको थियोे ।

सोही अवसरमा बिध्यालयमा भब्य सास्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । बागमती–११, स्थित श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालय कर्मैया, श्री जनता नमुना माध्यामिक विद्यालय बागमती–५, सोल्टी राजघाटमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिध्यालयका शिक्षक, शिक्षिका, छात्र, छात्राहरुले नुत्य तथा गायन प्रस्तुत गरेका थिए ।

यस्तै नवजन जागरण माध्यामिक बिध्यालय शंकरपुर, प्राथमिक बिध्यालय लालबन्दी टोल शंकरपुर लगाएतको बिध्यालयमा समेत अतिरिक्त कृयाकलाप अन्तरगत दशैको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो । यो सगैँ नगरका सम्पुर्ण बिध्यालयहरुमा शुक्रवारबाट दशै विदा गरिएको छ ।

बालबालिकाहरुलाई आफ्नो संस्कार सस्कृति बारे जानकार गराउन पनि यस्ता कार्यक्रम आयोजना गर्नु जरुरी रहेको श्री जनता नमुना माध्यामिक बिध्यालयका प्रधानाध्यापक लोकनाथ दहालले बताए । कार्यक्रममा बिध्यालय ब्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, बिध्यार्थी, शिक्षक शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।

स्थानीय जनप्रतिनिधिहरुको समेत उत्साहजनक सहभागिता रहेको एक शिक्षकले जनाकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles