Wednesday, February 21, 2024

पानी जमेको खाडलमा डुबेर बालकको मृत्यु

ताजा / भरखरै प्राप्त

हरिवन-सर्लाहीको हरिवनमा खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

बुधवार हरिवन नगरपालिका–६, स्थित घुर्कौली पत्थरकोटिया टोलमा पानी जमेको खाडलमा डुवेर सोही स्थानका रामचन्द्र महतोका छोरा १२ बर्षका बालक आकाश महतोको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यलय हरिवनका अनुसार भैसी चराउन गएका बालक पानीमा डुबेका हुन् ।

भैसी खाडलमा गएपछि धपाउन गएका उनी आफै पानीमा डुबेका स्थानीयको भनाई छ । लगतै चरुवा गएका अर्का एक पुरुष उनलाई बचाउन खाडलमा पसेका तर नसकेका उन्ले बताए । घटना लगतै पुगेको ईलाका प्रहरी कार्यलय हरिवनको टोलीले बालकको सव निकालेर परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा पु¥याएको थियो ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार उक्त खाडल मदन घिसिङले संचालन गरेको ईट्टा भट्टाले खनेको पाहिएको छ । यसरी ईट्टा उद्योगहरुले असुरक्षित रुपमा खनेर छोडेको खाडलमा जमेको पानीमा डुबेर जिल्लामा बर्षेनी दर्जन बढिले ज्यान गुमाउने गरेका छन् । घटनाको बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles