Wednesday, February 21, 2024

पाँचौ वडाध्यक्ष कप : १६ नम्बर वडाको बिजयी सुरुवात

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीमा पाँचौ वडाध्यक्ष कप फुटवल सुरु भएको छ ।

बुधवार लालबन्दी नगरपालिका–१६, परवानिपुरमा प्रतियोगिता सुरु भएको हो । जारी प्रतियोगिताको उदघाटन खेलमा वडा नम्बर ११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक वडा नम्बर १६ ले बिजयी सुरुवात गरेको छ । प्रतियोगिता लालबन्दी नगरपालिका १६ नम्बर वडाको आयोजना तथा मिरमिरे युवा क्लबको सह–आयोजनामा सुरु भएको हो ।

परवानिपुरस्थित मिरमिरे युवा क्लबको खेल मैदान भोर्लेनीमा सुरु भएको प्रतियोगिताको लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले उद्घाटन गरे । उपमेयर कल्पनामाया पाख्रिन विशिष्ठ अतिथि रहेको प्रतियोगिताको उद्घाटन समारोहमा पूर्व मेयर मानबहादुर खड्का, वडा नम्बर १७ का वडाध्यक्ष विष्णु अधिकारी, प्रभुनारायण शिवाकोटी (श्याम), बिभुसिंह थापालगायतले मन्तव्य राखेका थिए ।

असोज १५ गतेसम्म चल्ने प्रतियोगिताको बिजेता वडाले ७० हजार र उपबिजेता वडाले ३५ हजार नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रमका सभाध्यक्ष लालबन्दी–१६, का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles