Thursday, December 12, 2024

पर्यटक बर्ष २०२२ : सर्लाहीमा भब्यरुपमा मनाईने

ताजा / भरखरै प्राप्त

सर्लाही-पर्यटन बर्ष २०२२ सर्लाहीमा भब्यताका साथ मनाई भएको छ ।

बिश्व पर्यटन दिवसको अवसर पारेर जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरिने भएको हो । बिहिवार नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले पत्रकार सम्मेलन गरेर कार्यक्रमको बारेमा जानकारी गराएको हो । कार्यक्रम सर्लाही सहित मधेश प्रदेशका ८ वटै जिल्लाहरुमा आयोजना गरिने भएको छ ।

दिवसको अवसरमा जिल्लामा परम्परागत धर्म संस्कृति झल्कने झाकी समेत प्रदर्शन गरिने भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अनुसार कार्यक्रम अन्तरगत असोज ९, १० र ११ गते विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको हो । सेप्टेम्बर २७ तारीखलाई विश्व पर्यटक दिवसको रुपमा मनाउदैँ आएको छ । यस बर्ष बिश्व पर्यटन दिवस असोज ११ गते परेको छ ।

दिवसका अवसरमा असोज ९ गते सरसफाई, मलंगवा स्थित नेपाल–भारत सीमामा सरोकारवाला सहित पुगेर भारतबाट आउने पर्यटकलाई स्वागत गर्ने, पर्यटकीय स्थलहरुबारे जानकारीमूलक होर्डिङ बोड राख्ने, होटलहरुमा विशेष छुट दिने लगायतका कार्यक्रम तय गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले जानकारी दिए ।

पर्यटन वर्ष २०२२ लाई सफल बनाउन आफूहरुले सम्पुर्ण निकाय सगँ सहकार्यको लागि आह्वान गरिएको अध्यक्ष योन्जनले बताए । पत्रकार सम्मेलनमा लालबन्दी, हरिवन, बागमती, मलंगवा लगायत स्थानका होटल ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles