Monday, December 2, 2024

दशैँको छैठौँ दिन : आज कात्यायनी माताको पूजा आरधना गरिँदै

ताजा / भरखरै प्राप्त

सर्लाही–आज दशैँको छैठौँ दिन, असोज शुक्ल षष्ठि । शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा आज कात्यायनीमाताको पूजा आराधना गरिँदैछ ।

कात्यायनी माताका भवानीको उपासना एवम् आराधना गर्नाले सबै प्रकारको इच्छा पूरा हुने शास्त्रीय मान्यता छ । यसै अवसरमा सर्लाहीमा विभिन्न स्थानमा रहेका दुर्गा देवीका मठ मन्दिरहरुमा भक्तजनहरुको बाक्लो भिडलाग्ने गरेको छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।

गाउँ घरमा आजभोली विभिन्न स्थानबाट दशैमनाउन घर फर्कनेहरुको समेत चहलपहल बाक्लीदै गएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles