हरिवन-जननी शैलेस फाउण्डेसन हरिवनले एक बिध्यालयका छात्राहरुलाई छात्रवृत्ती विरतरण गरेको छ ।
आईतवार हरिवन नगरपालिका–८, स्थित श्री महादेव जनता माध्यमिक बिध्यालयका छात्राहरुलाई फाउण्डेसनले छात्रवृती वितरण गरेको हो । फाउण्डेसनले यसरी प्रतेक बर्ष बिध्यालयका ४ जना छात्राहरुलाई छात्रवृत्ती वितरण गर्न सुरुगरेको जनाएको छ । आर्थिक अवस्था अत्यन्त कम्जोर भएका बिध्यार्थीलाई छात्रवृत्तीले ठुलो मद्त पुग्ने बिध्यालय जनाएको छ ।
हरिवन नगरपालिका–८, का वडाध्यक्ष प्रज्वल ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मार्फत कक्षा ११ र १२ मा अध्यनरत् चार जना छात्राहरुलाई पुर्ण छात्रावृती वितरण गरिएको हो । छात्रवृत्ती पाउनेहरुमा कक्षा ११ मा पढ्ने अम्बिका कुमारी खत्री, निला मल्ल आले र १२ कक्षामा अध्यनरत् ज्योती बिश्वकर्मा र मन्दिरा थापा रहेको फाउण्डेसनका प्रतिनिधि युवराज भण्डारीले जानकारी दिए ।
हाल कामको शिलशिलामा प्रवास अमेरिका बस्दै आएका फाउण्डेसनका संचालक शैलेश मैनालीले छात्रवृत्ती वितरण कार्यक्रमलाई निरन्तरता दिईने बताए । बालबालिकाहरुलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले यस फाउण्डेसनको स्थापना भएको संचालक मैनालीको भनाई थियो । महादेव जनता माविले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै फाउण्डेसनले सम्मान गरेको छ ।
बिध्यालयका प्रधानाध्यापक जयशंकर सिङको अध्यक्षतामा सम्पन्न छात्रवृत्ती वितरण कार्यक्रममा समाजसेवी भरत कुमार कार्की, पुर्व बिध्यार्थी बिप्लव कार्की, धनराज बुडाथोकी, सुकदेव कार्की, नारायण कार्की बिध्यालयका शिक्षक शिक्षिका लगाएतको आतिथ्यता रहको थियो । कार्यक्रममा अभिभावक बिध्यार्थी लगाएतको समेत सहभागिता रहेको फाउण्डेसनले जनाएको हो ।