Thursday, December 12, 2024

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोद्वारा बिद्यालयमा छड्के अनुगमन

ताजा / भरखरै प्राप्त

चन्द्रनगर–चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राज कुमार महतोले केही बिद्यालयमा छड्के निरिक्षण गरेका छन् ।

चन्द्रनगर गाउँपालिका–५, स्थित श्री अरनिको आधारभुत विद्यालय, मोहनपुरमा शिक्षक शिक्षिका नियमित नआउने गरेको गुनासो आएपछि मंगलवार गाउँपालिका अध्यक्ष महतोले बिद्यालयको छड्के अनुगमन गरेका हुन् । केही बिद्यालयका शिक्षक शिक्षिकाहरु नियमित बिद्यालय नआउने, पुरा समय बिद्यालयमा नबस्ने, अनुपस्थित भएको दिनको समेत एकै पटक हाजिरी गर्ने गरेको गुनासो बढेको थियो ।

बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय भद्रभलाद्मी समेत सगँ छलफल गर्दै चन्द्रनगर गाँउपालिकाका अध्यक्ष राज कुमार महतो .

स्थानीय अभिभावक तथा बिध्यार्थीहरुको समेत पटक–पटक गुनासो आएपछि आफु स्वयम उपस्थित भएर बिद्यालयको छड्के जाँच गरेको उन्ले बताए । अनुगमनको क्रममा अरनिको आधाभुत बिद्यालयमा ब्यापक लापर्वाही पाहिएको अध्यक्ष महतोले जानकारी दिए । अध्यक्ष महतोले विना जानकारी बिद्यालयमा अनुपस्थित शिक्षक शिक्षिकाको हाजिरी रजिष्टरमा रातो मसीले हाजिरी काटी दिएका छन् ।

अध्यक्ष महतोले यसरी अनुपस्थित शिक्षकको नियमानुसार तलब कट्टा गर्न समेत गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाललाई निर्देशन दिए । छलफलको क्रममा बिद्यार्थीहरुले दुईबर्ष देखी टिफिन टाईम पछि पढाई नहुने गरेको अध्यक्ष महतो समक्ष गुनासो समेत राखेका थिए । शिक्षक शिक्षिकाहरुले समेत बिध्यालयको शैक्षिक अवस्था दयनिय बनेको स्वीकार गरेका छन् ।

उन्ले तत्काल बिद्यालयका शिक्षक शिक्षिका, अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र स्थानीय भद्रभलाद्मी समेत सगँ छलफल गर्दै बिद्यालयको शैक्षिक अवस्था सुधार गर्न आ–आफ्नौ स्थानबाट सहयोग गर्न आग्रह समेत गरे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles