Wednesday, February 21, 2024

कर्मैया आदर्श जनताको १० औँ प्राज्ञिक सभा सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती-सर्लाहीको बागमतीमा रहेको कर्मैया आदर्श जनता क्याम्पसको १० औँ प्राज्ञिक सभा सम्पन्न भएको छ ।

शनिवार बागमती नगरपालिका–११, कर्मैयामा रहेको कर्मैया आदर्श जनता क्याम्पसको १० औँ प्राज्ञिक सभा सम्पन्न भएको हो । बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले आगामी कार्यकालको लागि नयाँ समिति समेत गठन गरेको क्याम्पस प्रमुख नवराज प्रसाईले जानकारी दिए ।

क्याम्पस प्रांगणमा आयोजित सभाले हरिप्रसाद पुडासैनीको अध्यक्षतामा ९ सदस्य क्याम्पस ब्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा बिष्णु प्रसाद दहाल, दिपक कुमार रानाभाट, पुर्ण बहादुर पाण्डे, कृष्ण बहादुर केसी, जनक बहादुर भट्टराई, बेदहरी दहाल, कुुसुम महतो र पुर्ण मायाँ मैनाली चयन भएका क्याम्पस प्रशासनले जनाएको छ ।

यस्तै सभाले क्याम्पसको लेखा समिति समेत गठन गरेको जनाएको छ । लिलामणी ढकालको संयोजकत्वमा ३ सदस्य लेखा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सुनिता प्रजापती र भवानी दहाल चयन भएका कार्यक्रम संचालक एवं शिक्षक मनोज प्रसाद खनालले जानकारी दिए ।

क्याम्पसको कार्यवाहक अध्यक्ष नविन काफ्लेको अध्यक्षतामा सम्पन्न प्राज्ञिक सभामा बागमती–११,का वडाध्यक्ष प्रदिप आचार्य कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हरिराम काफ्ले, श्री ५ महेन्द्र जनता माध्यामिक बिध्यालय ब्यवस्थापन समिति सदस्य घनश्याम थापा, प्रधानाध्यापक नवकिरण श्रेष्ठ, प्राज्ञिक सदस्य रमेशराज काफ्ले, लम्बोदर काफ्लेलगाएतको आतिथ्यता रहको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles