Friday, February 23, 2024

हरिवनमा मेयर बुढाथोकीको छैठौँ हप्ताको श्रमदान, सासापुर हेल्थपोष्ट सरसफाई गरियो

ताजा / भरखरै प्राप्त

हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा जारी जनश्रमदान कार्यक्रम छैठौँ हप्ता पनि सम्पन्न गरिएको छ ।

नगरको समग्र विकासका लागि भन्दै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)ले केही समय पहिलाबाट नगरमा हरेक सनिवार श्रमदान अभियान सुरु गरेका थिए । सोही अभियान अन्तरगत आज (शनिवार) हरिवन नगरपालिका वडा नम्बर–४, स्थित सासापुर हेल्थपोष्ट परिसरमा सरसफाईका लागि श्रमदान गरिएको मेयर बुढाथोकीले जानकारी दिए ।

अभियान अन्तर्गतको छैठौं हप्ता स्वास्थ्य केन्द्रमा सरसफाई गरेर श्रमदान गरिएको हो । सरसफाई कार्यक्रममा मेयर बुढाथोकी सहित स्वास्थ्यकर्मीहरु, महिला स्वयंसेवीकाहरु, सशस्त्र प्रहरी नायब उपरीक्षक सुशिल श्रेष्ठ, विभिन्न राजनैतिक दलका नेता कार्यकर्ताहरु, सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिती रहेको नगरपालिका कार्यलयले जनाएको हो ।

अत्यावश्यक काम परेर बाहिर गएको अवस्थामा बाहेक हरेक शनिबार नगरपालिका भित्रका सार्वजनिक स्थानहरुमा श्रमदान अभियान जारी राखिने मेयर बुढाथोकीको प्रतिबद्धता छ । यस पहिला मेयर बुढाथोकीको अगुवाईमा भएको श्रमदानमार्फत सडक मर्मत देखी सडक सरसफाई, बजार क्षेत्र सरसफाई र सार्वजनिक स्थलहरुमा सरसफाईको काम चलिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles