Wednesday, February 21, 2024

लागुऔषध नाईट्राभेट सहित किशोर पक्राउ

ताजा / भरखरै प्राप्त

कविलासी–सशस्त्र प्रहरी कविलासीले अबैध लागु औषध नाईट्राभेट सहित एक किशोरलाई पक्राउ गरेको छ ।

गएराती कविलासी नगरपालिका–७, गैर स्थित सशस्त्र प्रहरी चेक पोष्टबाट लालबन्दी नगरपालिका–४, बस्ने १८ बर्षका अनिष कुशुवार लागु औषध सहित पक्राउ परेका हुन् । पक्राउ परेका कुशुवारको साथबाट लागु औषध नाईट्राभेट ट्याब्लेट १० पत्ता(३०० पिस) बरामद् भएको प्रहरीले जनाएको छ ।

पैदल आउदै गरेका उन्लाई शंका लागेर प्रहरीले चेकजाचँ गरेको थियो । कुशुवार र उन्को साथबाट बरामद भएको आगु औषध सहित उन्लाई जिल्ला प्रहरी कार्यलय सर्लाहीको जिम्मा लगाईएको सशस्त्र प्रहरी १० नम्बर गण कविलासीले जनाएको हो ।

पक्राउ परेका किशोरका विरुद्ध लागु औषध ऐन अनुसार अनुसन्धान भई रहेको जिल्ला प्रहरीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles