Wednesday, February 21, 2024

रामेछाप प्रहरीद्वारा डाँका मुद्धामा फरार अभियूक्त पक्राउ

ताजा / भरखरै प्राप्त

रामेछाप-रामेछाप प्रहरीले डाँका मुद्धाका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।

शनिवार प्रहरीले डाँका मुद्धामा फरार रहेका रामेछापको लिखुतामाकोशी गाउँपालिका–५, तिलपुङडाँडा बस्ने २३ बर्षका भक्त बहादुर तामाङलाई पक्राउ गरेको हो । कैद र जरिवाना फैसला पछि फरार रहेका तामाङलाई प्रहरीले मन्थली नगरपालिका–१, देवकोटा चोकबाट पक्राउ गरेर जिल्ला अदालत रामेछापमा बुझाएको छ ।

प्रहरीका अनुसार तामाङलाई जिल्ला अदालत रामेछापले गत २०७७ साल चैत ३० गते ६ बर्ष ११ महिना २० दिन कैद र ७० हजार रुपैया जरिवाना फैसला गरेको थियो । लगतै फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यलय धोविडाँडाका प्रहरी निरिक्षक जटाशंकर यादवको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको हो ।

पक्राउ परेका तामाङलाई आईतवारनै जिल्ला अदालत मार्फत जेल चलान गरिएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles