Wednesday, February 21, 2024

२५ फिटको बुद्धमुर्ती उद्घाटन

ताजा / भरखरै प्राप्त

हेटौँडा–हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाडाँडामा २५ फिट उचाईको ढुंगाको भगवान बुद्वको मुर्ती शनिवार अनावरण गरिएको छ । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले एक समारोहका बीच मुर्ती अनावरण गरेका हुन् ।

एक करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मुर्ती निर्माण गरी अनाबरण गरिएको हो । समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा हेटौँडा १८ गुम्बाडाँडामा बौद्ध मुर्ती निर्माण गरिएको हो । बौद्व धार्मिक महत्वको मुर्ती अनावरण हुँदा वडा नम्बर १८ गुम्बाडाँडामा धार्मिक पर्यटन क्षेत्रको रुपमा क्रमश बिकास हु“दै जानेमा आफु आशाबादी रहेको वडा अध्यक्ष अनिल बानियाँले बताए ।

सम्पूर्ण कुमार लामाको अध्यक्षतामा मुर्ती अनावरण कार्यक्रममा मकवानपुरका समाजसेवी एवम् मुर्ती निर्माण ब्यवस्थापन समितिका उपाध्यक्ष ज्योतिरत्न बज्राचार्यले स्वागत मन्तब्य राखेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles