Wednesday, February 21, 2024

यौन दुव्र्यवहार आरोप लागेका तीनैजना शिक्षक पक्राउ

ताजा / भरखरै प्राप्त

हेटौंडा–छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीनैजना शिक्षक पक्राउ परेका छन् । यसअघि चैत २५ गते एक शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आएका थिए ।

शुक्रबार साँझ प्रहरीले थप २ जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनले गएराति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक दुबैलाई जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याईएको बताए । प्रवक्ता कार्कीकाअनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको बताए ।

शिक्षकहरुले आफुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवदेनमा छलफल गर्न चैत्र २२ गते विद्यालय परिसरमा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति , राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले आवश्यक कारबाही नभएको भन्दै विद्यालय तोडफोडसमेत गरेका थिए ।

चैत्र २४ गते राति तीनजना शिक्षक विरुद्ध विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यलयमा यौन दुब्र्यवहारको किटानी जाहेरी दिएका दिए ।

आरोपित शिक्षकहरु र पीडित छात्राहरु स्थानीय भएका कारण जाहेरी र पक्राउपछि सुरक्षा चुनौती रहेको बताइएको छ । विद्यार्थीले गत ७ चैत्रमा विद्यालय प्रशासनसमक्ष आफुहरु शिक्षकबाट पीडित भएको भन्दै लिखित उजुरी गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles